शनिबार, माघ ०६, २०८०
काठमाडौं । क्यान्सर पीडित पाँचथरका पत्रकार कविन्द्र शेर्मालाई दक्षिण कोरियाबाट आर्थिक सहयोग जुटेको छ ।
घाँटीमा क्यान्सर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत शेर्माको उपचारका लागि किरात याक्थुङ पापोहाङ शेर्मा सङजुम्भो दक्षिण कोरियाको नेतृत्वमा संकलन गरिएको रकम प्रदान गरिएको छ ।
नेपाल आदिवा...
शनिबार, माघ ०६, २०८०
तेह्रथुम । सहरी विकास मन्त्री सीता गुरूङ गृह जिल्ला तेह्रथुम आउँदै छिन् ।
जिल्ला स्थित विभिन्न योजनाहरूको उद्घाटन, शिलान्यास तथा अनुगमनको लागि मन्त्री गुरूङ गृह जिल्ला आउन लागेकी हुन् ।
त्यसक्रममा जिल्लाका कार्यालय प्रमुख र राजनीतिक दलका नेता कार्यकर्तासँग भेटघाट तथा छल...
मंगलबार, पौष २४, २०८०
काठमाडौं । मधेश आन्दोलनका क्रममा मारिएका सशस्त्र प्रहरीका असइ थमन विक हत्या मुद्दामा जन्मकैद सजाय पाएका जलेश्वर नगरपालिका- ९ निवासी मोहन ठाकुरलाई जेल चलान गरिएको छ।
लेनदेन मुद्दामा सिन्धुली कारागारमा सजाय काटी छुट्नै लाग्दा प्रहरीले सोही ठाउँबाट उनलाई पुनः पक्राउ गरी थमन विक हत्यामा दोषी ठहर ...
सोमबार, पौष २३, २०८०
काठमाडौँ । काठमाडौं उपत्यका विकास प्राधिकरणको सञ्चालक समिति सदस्यमा अधिवक्ता कृष्णप्रसाद घिमिरे नियुक्त भएका छन् ।
सहरी विकास मन्त्रालयअन्तर्गत रहेको प्राधिकरणको रिक्त रहेको बोर्ड सदस्य पदमा मन्त्रीस्तरको निर्णयबाट घिमिरे नियुक्त भएका हुन् । मन्त्री सीता गुरुङले आइतबार अधिवक्ता घिमि...
सोमबार, पौष २३, २०८०
काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरूले उम्मेदवारको टुंगो लगाएका छन्। राष्ट्रिय सभा निर्वाचनमा यसपटक सत्ता गठबन्धन भेर्सेस एमालेबीच प्रतिस्पर्धा हुने भएको छ। ११ माघमा हुने निर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उप...
बुधबार, पौष १८, २०८०
काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटमा सहमति जुटेको छैन।
प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको सबैभन्दा ठूलो नेपाली काँग्रेसका नेताहरूसँग पटक-पटक छलफल गरिसकेको भएपनि त्यसबारे सहमति भएको छैन। त्यसमाथि एमालेलाई समेत एक्लै नछोड्ने प्रधानमन्त्री दा...
बुधबार, पौष १८, २०८०
काठमाडौँ । ऊर्जा उत्पादकहरूले प्रस्तावित ७६२ मेगावाटको तमोर जलाशययुक्त आयोजना नेपालीकै लगानीमा बनाउन माग गरेका छन् । निजी क्षेत्रलाई निर्माण गर्न दिए नेपालीकै लगानीमा पनि आयोजना निर्माण सम्भव रहेको उनीहरूको दाबी छ ।
५० वर्षको विद्युत उत्पादनको अनुमतिपत्र दिएमा नेपालको निजी क्षेत्रले पनि आयोजन...
सोमबार, पौष १६, २०८०
काठमाडौँ । जातीय भेदभाव र छुवाछुतविरुद्ध सामाजिक अभियान सञ्चालन गरिरहेका मित्र परियारको जात निगरानी सञ्जाल गठन गरेका छन्।
दलित आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउने भन्दै परियारले आफ्नै नेतृत्वमा सञ्जाल गठन गरेका हुन्। अक्सफोर्ड युनिभर्सिटीबाट पढाई पूरा गरेका गोरखा परियार यसअघि लण्डनमा किंग्स्टन ...
सोमबार, पौष १६, २०८०
काठमाडौँ । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराएको प...
सोमबार, पौष १६, २०८०
काठमाडौं । दलित समुदायका युवाहरूले आफ्नो हक अधिकार सुनिश्चित गर्न अब दलित आन्दोलनको नेतृत्व नै युवा पुस्ताले हाँक्नुपर्ने अठोट गरेका छन् । संवैधानिक रुपमा व्यवस्था गरिएका हक अधिकारहरु समेत पछिल्लो समयमा गुम्ने खतरा रहेको भन्दै आइतबार काठमाडौँमा भएको भेलाबाट उनीहरूले दलित आन्दोलनलाई उठाउन संयुक्त...