काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोमबार बिहान तराई भू भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। बाँकी भू भागमा मौसम मूख्यतया सफा रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो तराई भू भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू भागमा साधरणतया बादल लाग्नेछ र बाँकी भू भागको मौसम मुख्यतया सफा रहने छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू भागको एक दुई स्थानमा दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। सोमबार राति पनि तराई भू भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू भागमा साधरणतया बादल लाग्ने र बाँकी भू भागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू भागको एक दुई स्थानमा राति पनि हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।






