काठमाडौं – नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको हो ।
यसैगरी चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ र १० ग्राममा ५ हजार ८९० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि हिजो सुन तोलामा ३ लाख ९ हजार रुपैयाँ र चाँदी तोलामा ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।






