काठमाडौं । सहसचिव सुमन दाहाल र रमेश केसीले विद्यावारिधि अर्थात पीएचडी उपाधि हासिल गरेका छन् । दाहालले व्यापार सहजीकरणमा नेपालको अवस्था र गर्नुपर्ने सुधार विषयमा र केसीले राजनीतिक अस्थिरता र नेपालको आर्थिक विकासमा यसको प्रभाव विषयमा पीएचडी उपाधि हासिल गरेका हुन् ।

दाहालले अनुसन्धान तथा भाइभा परीक्षा मलेसियास्थित लिंकन विश्वविद्यालय कलेबाट स्वीकृत भएको छ । लामो समयदेखि गरिएको अध्ययन तथा अनुसन्धान सफलतापूर्वक सम्पन्न भएको दाहालले जानकारी दिए । केसीले पनि भाइभा परीक्षा सफलतापूर्वक सम्पन्न गरेको जानकारी गराए ।

दाहाल लामो समयदेखि अर्थ मन्त्रालय तथा मन्त्रालय अन्तरगतका निकायमा कार्यरत सहसचिव हुन् भने केसी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लामो समयदेखि कार्यरत सहसचिव हुन् ।

तपाईको प्रतिक्रिया