
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनमा २६ सय भन्दा बढी प्रतिनिधिको हस्ताक्षर भएको छ ।
दोस्रो विशेष महाधिवेशन सचिवालयका अनुसार अहिलेसम्म २ हजार ६६२ जना प्रतिनिधिको हस्ताक्षर भएको हो । सचिवालयका तर्फबाट युवारज पाण्डेयले जारी गरेको विज्ञप्ति अनुसार सबैभन्दा बढी मधेश प्रदेशबाट ४४६ जना प्रतिनिधिको हस्ताक्षर भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशबाट १३४ जनाको मात्रै हस्ताक्षर भएको छ ।
कुन प्रदेशबाट कतिको हस्ताक्षर ?







