काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच विहीबार बालुवाटारमा भेट वार्ता भएको छ।

कार्की र ओलीबीच दिउँसो करिव ३ घण्टा भेटवार्ता भएको हो।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बिहान ११ बजेदेखि २ बजेसम्म कुराकानी भएको थियो । उनीहरूबीच निर्वाचन केन्द्रित छलफल भएको जनाइएको छ।

ओलीले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको भनाई राखेका थिए। उनले तोकिएकै समयमा चुनाव भए त्यसका लागि एमाले तयार रहेको जानकारी प्रधानमन्त्री कार्कीलाई गराएका थिए।

प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन सहयाग गर्न ओलीसँग आग्रह गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया