काठमाडौं । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य किरण बिकले दलित आन्दोलनसँग कुनै साइनो नभएका व्यक्तिले दलित कोटाबाट समनुपातिक उम्मेदवार बन्नु गलत भएको टिप्प्णी गरेका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रस्तावित समानुपातिक दलित क्लस्टर सूचीप्रति आपत्ति जनाउँदै उनले सामाजिक सञ्जालमार्फत दलित समुदायको पहिचान स्वीकार गर्न नचाहने र दलित आन्दोलनबाट टाढा रहेका व्यक्ति पुरुष महिला दुवै तर्फको दलित क्लस्टरमा रहनु उपयुक्त नहुने उल्लेख गरेका छन् ।

विकले लामो समयसम्म आफूलाई दलित समुदायको भन्न नचाहनेले सांसद बन्ने बेला दलित कोटा खोज्नु नैतिक र राजनीतिक रूपमा अनुचित भएको टिप्पणी गरेका छन् । उनले दलित समुदायको वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्न दलित आन्दोलनसँग प्रत्यक्ष रूपमा जोडिएका व्यक्तिले
मात्रै दलित क्लस्टरबाट अवसर पाउनुपर्ने धारणा व्यक्त गरे ।

केन्द्रीय सदस्य विकले रुपक घिमिरे बिक, प्रकाश सपूत र रीमा विश्वकर्माजस्ता व्यक्ति समानुपातिक कोटाभन्दा प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न सुझाव दिएका छन्। उनका अनुसार दलित अधिकार र आन्दोलनको मूल्य, संघर्ष र पहिचानलाई कमजोर बनाउने कुनै पनि अभ्यास स्वीकार्य नहुने र यस विषयमा राजनीतिक दलले गम्भीर आत्मसमीक्षा गर्न आवश्यक रहेकोमा जोड दिए ।

तपाईको प्रतिक्रिया