काठमाडौं – मिस तामाङको १८ औ शस्करणको उपाधि साम्राज्ञी मोक्तानले पहिरेकी छन् ।
काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शनिबार भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई उछिन्दै मोक्तान मिस तामाङ बनेकी हुन् ।

उनलाई १७ औं मिस तामाङ अन्जु थोकरले ताज पहिरेकी थिइन् । तामाङ समुदायका किशोरीहरुको सौन्दर्य, व्यक्तित्व विकास गर्ने लक्ष्यका साथ विगत देखि नै संचालन हुदै आएको कार्यक्रमलाई निरन्तरता दिईएको आयोजक समितिका अध्यक्ष रञ्जिता लामाले बताइन् ।

विजेताले नगद ५० हजार रुपैयाँका साथ विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार हात पारेकी छन् । इन्जिनियर बन्ने सपना बोकेकी मोक्तानले परिवारको साथले यो सफलता पाएको र अब महिला सशक्तीकरणमा काम गर्ने बताइन् ।
प्रतियोगितामा नुवाकोटकी सुस्मा लामा स्याङ्तान फस्ट रनरअप बनिन् भने सृष्टि थिङ तामाङ सेकेन्ड रनरअप बनिन् । त्यसैगरी ओसिन गोले तामाङ थर्ड रनरअप बनिन् ।

फस्ट रनरअपलाई ३० हजार, सेकेन्ड रनरअपलाई २० हजार र थर्ड रनरअपलाई १० हजार रुपैयाँ नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर पुरस्कार प्रदान गरियो । निर्णायक मण्डलमा सफलता थिङ, शेषराज भट्टराई, लेक योञ्जन र प्रदीप बम्जन थिए ।

तपाईको प्रतिक्रिया