
काठमाडौं । प्रधानन्यायाधीश प्रकासमानसिंह राउतले मातृ शोकमा रहेका वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई भेटेर समवेदना प्रकट गरेका छन्।
राउतले विहीबार मातृ शोक परेका संगीतकार बासकोटालाई बालुवाटारस्थित निवासमा पुगेर समवेदना व्यक्त गरेका हुन्।
प्रधानन्यायाधीश राउतले बास्कोटाकी दिवंगत आमा मिटु बास्कोटाको चिर शान्तिको कामनासहित श्रद्धाञ्जली पनि व्यक्त गरे।
संगीतकार बास्कोटाकी आमा मिटु बास्कोटाको उपचारका क्रममा गत आइतबार बिहान १०६ वर्षको उमेरमा निधन भएको थियो।






