
काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जाँचबुझ आयोगले बयानका लागि पत्र काटेको छ।
पत्र आइतबार नै पठाइएको आयोग स्रोतले जनाएको छ।
पत्र काटिए पनि बयानमा कहिले उपस्थित हुने भनेर खुल्न बाँकी छ। ओलीले आयोगमा बयानका लागि नजाने अडान लिँदै आएका छन्।






