तेह्रथुम । लालीगुराँस नगरपालिकाले सञ्चालन गरेको वसन्तपुर नगर अस्पताल व्यवस्थित बन्दै गएको छ। पछिल्लो समयमा अस्पतालमा सेवा सुविधा र विशेषज्ञ चिकित्सकको सुविधामात्रै थपिएको छैन, बिरामीको संख्या पनि उल्लेख्य बढेको छ।

अस्पतालमा दैनिक ओपीडी सेवाअन्तर्गत पेट, छाती/निमोनिया, दम, प्रेसर, सुगर, टाइफाइड, स्त्रीसम्बन्धी रोगहरू, प्रसूति सेवा, हातखुट्टा भाँचिएको प्लाष्टर र आँखासम्बन्धी रोगहरूको परीक्षण र उपचार सेवा उपलब्ध छ। रगत, कोलेस्टोरल, मिर्गौला, मुटु, दिशापिसाव, खकार, इसीजी जस्ता परीक्षणहरू समेत उपलब्ध छन्।

अस्पतालका सेवा व्यवस्थित र विस्तार भएपछि बिरामीको चाप बढ्दै गएको नगरपालिकाका प्रमुख अर्जुन माबुहाङले बताए । अस्पतामाल बीमा फार्मेसी समेत सञ्चालनमा छ भने दुई वटा एम्बुलेन्स समेत छन्। अस्पतालमा भिडियो एक्स-रे र डिजिटल एक्स-रे मेसिनहरू समेत सञ्चालनमा छन्।
‘अस्पताललाई हामीले सकेसम्म सुविधायुक्त बनाउने प्रयत्न गरेका छौँ। पछिल्लो समय बिरामीको चाप पनि बढ्दो छ,’ मेयर माबुहाङले भने।

May be an image of 1 person and hospital

उनका अनुसार हाल अस्पतालको क्षमता ५ देखि १० बेडको मात्रै हो। तर आवश्यकता पर्दा १५ जनासम्म बिरामीलाई समेत उपचार सेवा दिइएको छ। आवश्यकताअनुसार १५-१५ दिनमा विशेषज्ञ चिकित्सकहरूलाई समेत सेवा प्रदानका लागि झिकाउने गरिएको छ। यहाँ तेह्रथुमसहित ताप्लेजुङ, धनकुटा र संखुवासभाका बिरामीहरू आउने गरेका छन् ।

अस्पताललाई क्रमश: सेवा विस्तार गर्दै शल्यक्रिया सेवासम्मको सुविधा थप गर्ने उद्देश्य रहेको मेयर माबुहाङले बताए।

May be an image of hospital and text that says 'TEOH 제과 ರತಿ TRanar Plaster Rapidur Rapidur Paris ParisBandage Bandage B.P. 0격'

तपाईको प्रतिक्रिया